वीरगंज ८ भदाै बाराको प्रसौनी गाँउ पालिका वडा नम्बर ६ बेलहीयामा आज नेपाल तरुण दलले बाढिपिडितहरुलाइ राहत वितरण गरेको छ । नेपाल तरुण दल बारा र काठमाण्डौ जिल्ला कार्य समितिले बेलहीयाका एक सय ७५ जना बाढि पिडितहरुलाइ जनही चिउरा ५ केजी , चामल पाच केजी , १५ प्याकेट चाउचाउ , १५ प्याकेट बिस्कुट , मिनरल वाटर , मिक्स्चर भुजिया , भुटेको च्यूरा , नयाँ लत्तापकडा र चप्पल वितरण गरेको हो । राहत वितरण कार्यक्रममा तरुण दल बाराका अध्यक्ष लोकेश सिंह , काठमाण्डौ जिल्ला कार्य समितिका सचिव दिनेश विक्रम शाह , काँग्रेस गाँउ कमिटी उपसभापति गौरी शंकर साह , कोषाध्यक्ष केदार साह , विश्वनाथ साह , लेखापढी व्यवसायी संघका अध्यक्ष दुर्गा कानु , काँग्रेस नेता कपिलदेव यादव , काँग्रेसका उम्मेदवार नन्देश सिंह , गेनालाल कुशवाहा , तस्लमि अन्सारी लगायतको सहभागीता रहेको स्थानीय रामाधार पटेलले जानकारी दिनु भयो ।