परवानीपुरमा राजपा अगाडी, अन्य दल हजार मतले पछाडी

1888

वीरगन्ज, असोज ०५ – मंगलवार देखि सुरु भएको स्थानीय तह निर्वाचनको मतगणनाको तेश्रो दिन एक बिहानी बारा जिल्लाको परवानीपुरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले गाउँपालिका प्रमुख र उप-प्रमुख पदमा आफ्नो अग्रता कायम राखेको छ ।
गाउँपालिकाको निर्वाचन आयोगले उपलब्ध गराएको ताजा मतपरिणामको विवरण अनुसार राष्ट्रिय जनता पार्टीको तर्फाबाट प्रमुख पदका उम्मेदवार हरिनारयण साह कानुले २०५८ मतका साथ् अग्रता लिरहेका छन् । राजपालाई पछ्याउदै निकटम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपालकोका सुरेश यादवले ९८४ मत प्राप्त गरेका छन् । राजपा हजार भन्दा बढि मतले अगाडी रहेको छ ।
फोरम नेपाल पछि नेकपा एमालेका उम्मेद्व्वार राम क्षेत्री पटेल ९७७ मत प्राप्त गर्दै तेश्रो स्थानमा रहेका छन् । पटेललाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार लालबाबु यादव ८४७ मत प्राप्त गर्दै अन्तिम स्थानमा रहेका छन् ।
त्यसैगरी राजपाले परवानीपुरको दुई वटा वडामा जित हासिल गरेको छ । गाउँपालिकाको वडा नम्बर १ बाट राजपाका मिश्रीलाल महतो विजयी भईसकेका छन् भने वडा नम्बर ३ मा राजपाका अनिल रामले विजयी प्राप्त गरीसकेका छन् । त्यसैगरी वडा नम्बर २ बाट नेपाली कांग्रेसका इश्वरी साहले विजयी प्राप्त गरेका छन् ।