वीरगन्जको २८ र २९ मा फोरम विजयी

1333

वीरगन्ज, असोज ०६ – वीरगन्ज महानगरपालिकाको वडा नम्बर २८ र २९ मा संघीय समाजवादी फोरम नेपालले विजयी प्राप्त गरेको छ । निर्वाचन आयोगले घोषणा गरेको नयाँ मतपरिणामको विवरण अनुसार फोरम नेपालले वीरगन्ज महानगरपालिकाको वडा नम्बर २८ र २९ मा सम्पूर्ण प्यानल संगै सानदार जित हासिल गरेको छ ।
फोरम नेपालको तर्फाबाट वडा अध्यक्ष पदका उम्मेदवार गृजा देवीले १ हजार ३ सय २८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । आफ्नो निकटम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका सरयुग महतो धानुकलाई १६ मतको झिनो मतान्तरले पराजित गर्दै गृजा देवी आफ्नो पुरा प्यानल सहित निर्वाजित भएकी छन् । कांग्रेसका सरयुग महतो धानुकले १ हजार ३ सय १२ मत प्राप्त गरेका छन् ।
त्यस्तै वीरगन्ज महानगरपालिकाको वडा नम्बर २९ मा पनि फोरम नेपालको तर्फाबाट वडा अध्यक्ष पदका उम्मेदवार धर्मेन्द्र प्रसाद मज्हतो थारुले ९ सय ३२ मत प्राप्त गर्दी आफ्नो निकटम प्रतिद्वन्द्धी नेकपा एमालेका नविजान मियाँ अन्सारीलाई २ सय १२ मतको फराकिलो मतान्तरले निर्वाचित गरेका छन् । एमालेका अन्सारीले ७ सय २० मत प्राप्त गरेका छन् ।