पर्सौनी गाउँपालिकामा राजपाको कब्जा

1348

वीरगन्ज, असोज ०७ – बारा जिल्लाको पर्सौनी गाउँपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रमुख र उप-प्रमुख पदमा विजयी हासिल गरेको छ ।
राजपाको प्रमुख पदका उम्मेदवार भोला प्रसाद गुप्ताले २ हजार ४ सय ३८ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्धी माओवादी केन्द्रका विनोद पटेललाई ३ सय १९ मतान्तरले पराजित गरेका छन् । माओवादीका पटेलले २ हजार १ सय ९३ मत प्राप्त गरेका थिए ।
त्यस्तै उप-प्रमुखपदमा पनि राजपाको उप-प्रमुखकी उम्मेदवार गीता साह निर्वाचित भएकी छन् । राजपाकी साहले २ हजार ५ सय ९८ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिष्पर्धी माओवादीकी पिंकी साहलाई पराजित गरेकी छन् । माओवादीकी पिंकी साहले २ हजार २२ मत प्राप्त गरेकी छन् ।