सखुवापर्सौनीमा फोरम नेपाल विजयी

773

चिरन्जीवी यादव / वीरगन्ज, असोज ०७ – पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले प्रमुख र उप-प्रमुख पद हाथ पारेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको गाउँपालिकाको अन्तिम मतगणनको परिणाम अनुसार प्रमुख पदमा फोरम नेपालका प्रदीप कुमार जैशवाल र उप-प्रमुखमा फुलमती कुमारी थरुईनी निर्वाचित भएका छन् ।
फोरम नेपालको तर्फा बाट प्रमुक पदका दावेदार जैसवालले ३ हजार ६ सय ५७ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्धी नेकपा एमालेका नीर राज गिरीलाई १ हजार ४३ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । एमालेका गिरीले २ हजार ६ सय १४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उप-प्रमुखमा पनी फोरम नेपालकी फुलमती कुमारी थरुईनी निर्वाचित भएकी छन् । ३ हजार ६ सय ७२ मत प्राप्त गर्दी आफ्नो निकटम प्रतिद्वन्द्धी नेकपा एमालकी केदार कुमारी बिश्वोकर्मालाई पराजित गर्दै फोरम नेपालकी थरुईनी निर्वाचित भएकी हुन् । एमालेकी बिश्वकर्माले २ हजार ८ सय ५१ मत प्राप्त गरेकी छन् ।
निर्वाचन आयोगले गाउँपालिकाको सम्पूर्ण वडाहरुको पानी अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । अन्तिम मतपरिणाम अनुसार गाउँपालिकाको २ वडामा संघीय समाजवादी फोरम नेपाल, १ वडा मा नेपाली कांग्रेस, १ वडामा जनता दल, २ वडामा स्वतन्त्र तर्फाका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
आयोगको अन्तिम मतपरिणाम अनुसार वडा नम्बर १ मा स्वतन्त्र तर्फाबाट उम्मेदवार विश्वनाथ पट्वारि थारु ७ सय ९४ मत प्राप्त गर्दै विजयी भएका छन् भने वडा नम्बर २ मा ४ सय ९२ मत प्राप्त गर्दै नेपाली जनता दलका नियाज अहमेद निर्वाचित भएका छन् ।
त्यस्तै वडा नम्बर ३ मा ६ सय ९४ मत पाप्त गर्दै संघिय समाजवादी फोरम नेपालका महम्मद सलिम मिया अन्सारी, वडा नम्बर ४ मा ४ सय ३१ मत प्राप्त गर्दै स्वतन्त्र तर्फा बाट उम्मेद्वारी दिएका जुमादीन अन्सारी, वडा नम्बर ५ मा ६ सय ९४ मत प्राप्त गर्दै संघीय समाजवादी फोरम नेपालका बृजमोहन राय यादव विजयी भएका छन् ।
त्यस्तै वडा नम्बर ६ मा ८ सय ३० मत प्राप्त गर्दै नेपालीका लालबहादुर यादव निर्वाचित भएका छन् ।