वीरगंज १६ मंसिर – पर्सा जिल्ला क्षेत्र नं. १ को “ख” बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफलाई जिताऔं अभियान वीरगंजले आज वीरगंज महानगरपालिका वडा नं. १६ नगवा चौकमा चुनावी सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै कोसिस फाउन्डेसनका फाउन्डर मदन गुप्ताले वीरगंजको विकास र समृद्धिको लागि स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफको बिपल्प नरहेको बताउनु भएको छ । मधेसवादी नेता एवं अधिवक्ता सुरेन्द्र कुर्मी, समाजिक अभियन्ता प्रकाश थारु लगायतकाले भ्रष्टाचार मुक्त समाज निर्माणको लागि ओमप्रकाश सर्राफलाई जिताउन आग्रह गर्नु भएको छ । भेलामा उम्मेदवार ओमप्रकाश सर्राफले चुनाव नजिकिदै जांदा विभिन्न उम्मेदवारहरुले पैसा तथा दारु मासुको प्रलोभन देखाई रहेकोले त्यसको पछाडि नजान मतदाताहरुमा आग्रह गर्नु भएको छ ।
पैसा तथा दारु मासुको प्रलोभनमा परे पछि मधेस आन्दोलन तथा सहिदहरुको सपना कहिल्यै पुरा हुन नसक्ने बताउनु हुदै नेता सर्राफले सहिदको सपना पुरा गर्न तथा मधेसको हक अधिकार र विकासको लागि आफ्नो चुनाव चिह्न मोबाइल छापमा मतदान गर्न आग्रह गर्नु भएको छ ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार सर्राफले आज वीरगंज महानगरपालिकाको वडा नं. ११ श्रीपुर, दुर्गाटोल, रानीघाट लगायतका स्थानमा घरदैलो कार्यक्रम गर्नु हुदै राजपाका पुर्व वीरगंज नगर अध्यक्ष समेत रहनुभएका नेता सर्राफले मतदाताहरुलाई प्रभावित पार्न निर्वाचन आचार संहिता विपरित विभिन्न उम्मेदवारहरुले दारु मासु तथा पैसाको चलखेल गरिरहेकोमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउनु भएको छ ।
कार्यक्रममा स्थानिय कृष्ण गुप्ता, स्थानिय युवा नेताहरु संजय पटेल, संतोस साह, पनालाल शैलेस कर्ण, पंकज पटेल, दिपु वर्णवाल, रबि गुप्ता, भागरीत साह, पानालाल पटेल, रिजवी खालिद, दिपेश यादव, सतजुग यादव लगायतको सहभागीता रहेको थियो ।