वीरगंज,चैत २४ बिश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा आज गण्डक होस्पिटल र प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था सोलकपुरको संयुक्त आयोजनामा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । सहकारी संस्थाक पुष्पा चौधरीको सभापतित्वमा भएको कार्यक्रममा डाक्टर खुश्बु अग्रवाल, डा।महेश्वर कुर्मी, डा।कौशल सिंह, डा।अतिन्द्र मिश्रा, डा।रितेश यदाव लगायतकाले स्वास्थ्य परिक्षण गर्नु भएको नन्द किशोर पंजियारले जानकारी दिनु भयो । सोलकपुर माबिमा भएको शिबिरमा करिब तिन सय स्थानियको स्वास्थ्य परिक्षण भएको पंजियारले जानकारी दिनु भयो ।