आगलागी हुँदा छिपहरमाईमा ३ घर जलेर नष्ट

राजन कुमार बानिया

254

पोखरिया वैशाख २० – पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं ३ जयमंगलापुर मा आज बिहान आगलगि हुदा ३ ओटा घर जलेर नष्ट भएका छन ।

आगलागीमा सेख अनवर, हमिद मियाँ र इस्लाम मियाँको घरमा आग लागि हुँदा घर पूर्ण रुपले जलेर नष्ट भएको हो । आगलागी हुँदा घरमा रहेकोको लता कपडा, खाने कुरा लगायतका सामाग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आज विहान करिव ३ बजे लागेको आगलागी बाट ३ वटा बाख्रा पनि जलेर मरेको र आगलागी बाट लघभाग ६ लाख बराबरको क्षति भएको प्रहरी चौकी बुढागाइका प्रहरी निरीक्षकले जनाएका छन ।

लामुखुट्टे धपाउन बालिएको घुपबाट भएको आगलागीबाट अनवर मियाँको घुरबाट आगलागी सुरु भएको थियो । पोखरिया बाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।


SHARE