भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोस्वागतमा मुख्यमन्त्री लालबाबु राउतदेखि मेयरसम्म

218

धनुषा, वैशाख २२ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न शनिवार जनपुरमा महासफाई अभियान सम्पन्न भएको छ ।महासफाई अभियानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि मेयरसम्मले जनकपुरको सडकमा झाडु लगाएका छन् ।बिहानै मुख्यमन्त्री राउत, प्रदेश सरकारका मन्त्री, सांसद, नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी, समाजसेवी , रजनीतिक दलका नेताहरु, स्थानीय जनप्रतिनिधि , शिक्षक, व्यापारी लगायत सयौंको संख्याले सडकमा सरसफाई गरेका हुन् । उनीहरुले जनकपुरको जानकी मन्दिरदेखि हस्पिटल रोड, बाह्रबिघा मैदान र रामानन्दचोकसम्मको सडकमा झाडु लगाउँदै सरसफाई गरेका छन् ।आउँदो वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदीलाई भव्य स्वागत एवं नागरिक अभिनन्दन गर्न जनकपुरलाई तीव्र रुपमा सिँग्रार्नेदेखि मञ्च व्यवस्थापन र स्वागतद्धार निर्माण काम भैरहेको छ ।