४ महिला सहित ५८ जनाले रक्तदान गरेका

58

बिरगंज,बैशाख २२
बिरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा रक्तदान कार्यक्रममा भएको छ । रक्तदान कार्यक्रममा ४ महिला सहित ५८ जनाले रक्तदान गरेका छन ।
नगवा बिकास समितीद्वारा आयोजित कार्यक्रममा रम्भा देवि,मन्जु देवि,सैलेन्द्र पटेल,मिबिना खातुन ,अनिल सरार्फ,रोसन चौरसिया,अभिषेक प्रजापति,रमासन्कर पटेल,ओमनाथ साह, ,शशि पटेल,मुना साह,अबिनास पटेल,दिपक गुप्ता,दिपेन्द्र पटेल,,रन्जित महतो लगायतले रगत दान गरेका थिए ।

समितिका अध्यक्ष सुभाष कुमार पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि युवा नेता समाजिक अभियन्ता ओमप्रकाश सरार्फ, वडाका वडाध्यक्ष शयामबाबु चरसिया,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक अनिस कर्ण,बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ,नगवा हाट बजारका अध्यक्ष अशोक पटेल लगायतको सहभागिता रहेको सगयो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्राबिधिक नितेश कुमारले प्राविधिक सहयोग गर्नु भएको थियो । रन्जित पटेलले सहजीकरण गर्नु भएको कार्यक्रमकमा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष सुरेन्द्र पटेल गर्नु भएको थियो ।