काठमाडौँ, वैशाख २३ – ‘खल्ती डिजिटल वालेटको आयोजनामा छात्राहरुका लागि लक्षित सुरु गरिएको स्मार्ट छोरी क्याम्पेन अन्तर्गत आजबाट अन्तरक्रिया तथा कार्यशाला सुरु भएको छ । प्लस टु दिएर बसेका छात्राहरुको समयलाई सृजनसिल र सिप सिक्ने क्रियाकलापमा लगाउने र प्रविधिमा लैङ्गिक दुरीलाई घटाउने उद्द्येशले खल्ती डिजिटल वालेटले सुरु गरेको स्मार्ट छोरी क्याम्पेन अन्तर्गत आइतबार अन्तरक्रिया तथा कार्यशाला सम्पन्न भएको हो ।

काठमाडौँ जिल्लाको ललिपुरमा आयोजित आजको अन्तरक्रिया कार्यक्रम तथा कार्यशालामा समर्थ नेपालकि निर्देशक प्रियासा महर्जनले दि आर्ट अफ म्यानेजिङ्ग मनि मकिंग विषयमा छात्राहरु संग कुरा कुराकानी गरेकी थिईन । उनले पैसा कसरि कमाउने र त्यसलाई कसरि व्यस्थापन गर्ने विषयमा छात्राहरुलाई जानकारी गराएकी थिईन ।

त्यसैगरि विइस्टीम नेपालकी सह संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत विनिता श्रेष्ठले शुरक्षित वेब ब्राउजिङ्ग र सामाजिक संजालमा गर्ने र नगर्ने कुराहरुका बारेमा छलफल गरेकी थिईन ।

कार्यशालामा सहभागी सविना बजगाईंले आज सम्पन्न अन्तरक्रिया तथा कार्यशालाबाट आफुले धेरै कुराहरु सिक्ने मौका पाएको र प्रविधिका बारेमा धेरै नयाँ र अनौठा कुराहरु जान्न पाएकोमा खुसि व्यक्त गर्दै थिईन । उनले कार्यशालाको अन्त्य सम्म आफु पक्कै स्मार्ट छोरी बन्ने आत्मविश्वास व्यक्त गरिन ।

कार्यशाला पश्चात अब छात्राहरुले आफ्नो मोबाईलको रिचार्ज, पानि, बिजुली, टेलिफोन, इन्टरनेट, टिभिको बिल भुक्तानी आफ्नो मोबाइलको प्रयोग गरि खल्ती स्मार्ट वालेट प्रयोग गरि गर्न सक्ने खल्तीका अरविन्द साहले बताए । साहले खल्ती वालेटको प्रायोग गरि छात्राहरुले पैसा समेत कमाउन सक्ने जानकारी गराए ।

डिजिटल क्रियाकलापका साथ् स्मार्ट छोरी कार्यशालामा छात्राहरुले प्रबंधन कौशल, आफ्नो बोल्ने क्षमता अभिवृद्धि, आर्थिक रूपमा कसरि स्वतन्त्र हुने जस्ता कुराहरु पनि सिक्ने साहले भने ।

‘यस अभियानबाट हामि हाम्रो समाजका छोरी चेलीहरुको शशक्तिकरण गर्ने प्रयासमा छौं, साहले भने, ‘जसले गर्दा भविष्यमा हाम्रा छोरी चेलीहरु पुरुष अगाडि अपेहलित हुन नपरुन र आफु पनि स्वतन्त्र रुपले कार्य गर्न सकुन ।’ स्मार्ट छोरी क्याम्पेनले देश भरि ५ हजार छात्राहरुलाई कार्यशाला दिने साहले बताए ।