गोली प्रहारबाट एक युवकको हत्या

61

सिरहा,वैशाख, २४
सिरहाको अर्नमा गाउँपालिकामा अज्ञात समूहले गोली प्रहारबाट एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार अर्नमा गापा वडा नम्बर १ बस्ने उपेन्द्र कुमार सिंहका छोरा २२ वर्षीय धर्मेन्द्र कुमार सिंहको हत्या भएको हो ।

आइतबार राति मध्य रातमा धर्मेन्द्रमाथि गोली प्रहार हुदाँ उपचारको लागि लहान अस्पताल लगिने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमाटमको लागि लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले जानकारी दिए ।

उनले अनुसन्धानको लागि स्थानीय सन्तोष कुमार सिंहलाई नियंत्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। धर्मेन्द्रको हत्यापछि गाउँ शोकमा डुबेको छ ।