भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल बनाउन मुख्यमन्त्री विरगंज पुगे

100

वीरगंज,वैशाख, २४
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल बनाउन विरगंज पुगे । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री गद्दीले प्रम मोदीको भ्रमण मण प्रदेश नं २ को लागि ऐतिहासिक हुने बताए । आइपुगेका मुख्यमन्त्री गद्दीले भारतीय प्रम मोदीको भ्रमण राजकीय भएपनि उनी पहिले प्रदेश नं. २ को राजधानी जनकपुर आउने कार्यक्रम तय भएकोले कार्यक्रम सभ्य र भव्य बनाउन प्रदेशका जनतालाई जनकपुर पुगन आग्रह गरे । वैशाख २८ गते हुने नागरिक अभिनन्दन कार्यक्रममा उनले प्रदेशभरिका जनता आउने निश्चित भएको बताए । कार्यक्रममा सहभागी पर्सा जिल्लाका निर्वा्चित प्रतिनिधि, प्रदेशसभा सदस्य, गापा अध्यक्ष एवं विभिन्न दलका प्रतिनिधिहरूले वीरगंजबाट जनता जनकपुर लैजान गाँस, बास र यातायातको व्यवस्था गर्न सक्दो सहयोग गर्ने जनाएका थिए । उनीहरूले आप्mनो क्षमता अनुसार सवारीसाधन लैजाने र आयोजक समितिलाई आवश्यक अन्य सामान पनि सहयोग गर्ने जानकारी गराएका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, जन्नत अन्सारी, ओमप्रकाश शर्मा, सिंहासन साह कलवार, करिमा बेगम, रमेश पटेल, गापा अध्यक्ष्ँ प्रदीप जैसवाल, विजय चौरसिया, पोखरियाका उपप्रमुख सलमा खातुनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।