काष्ठमण्डप टेलिभिजनको वीरगंज ब्यूरो कार्यालय उदघाटन

429

वीरगंज वैशाख २६ – राजधानी बाट संचालित हुँदै आएको काष्ठमण्डप टेलिभिजनको ब्यूरो कार्यालय वीरगंजमा पनि बुधबार (आज) देखि संचालनमा आएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरु प्रशारण गर्दै आएको काष्ठमाण्डप टेलिभिजनले अब वीरगंजबाट पनि कार्यक्रमहरु संचालन गरेको भएको छ । काष्ठमाण्डप टेलिभिजनले तराई-मधेसका समसामायिक विषयहरुलाई पनि राष्ट्रिय स्तरमा उठाउने उदेश्यले वीरगंजमा पनि ब्युरो कार्यालय स्थापन गरिएको टेलिभिजनका प्रमोटर दिपक खांडले बताए ।

टेलिभिजनको उद्घटन प्रेस मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले गरेका थिए । माईस्थान चौक स्थित बारा र पर्सा जिल्लाको सयुक्त ब्यूरो कार्यालय उदघाटन गर्दै प्रमुख अतिथि पटेलले पत्रकारिता अतिनै सम्बेदन शील पेसा हो एक जना पत्रकारले गलत गर्दा सम्पूर्ण पत्रकारहरु माथी अउला उठछ तएस कारण जिमेवारी एंव जवाफदेहिताका साथ कार्य गर्न सुझाव दिएका थिए । धेरै अवसर रहेको यस क्षेत्रमा ईमानदारीताका साथ कार्य गरे सफलता आफै मिलने पटेल ले बताए ।

वीरगंज ब्यूरो प्रमुख सुरेश साह कानूको सभापतित्वमा सम्पन उदघाटन समारोहमा नेपाल पत्रकार महासंघ पर्सा शाखा सचिव युवराज खड्का, हिन्दू परिसद नेपालका केन्द्रीय सचिव अनिरुद्ध सिंह,केन्द्रीय सदस्यहरु लालबाबु कुर्मी, संजय सरार्फ,राजपा नेपालको केन्द्रीय सदस्य रेखा घिमिरे,हिन्दू परिसद नेपालका पर्सा जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल,महिलानेत्री रेखा साह, आंचल सिंह,प्रेस मंच नेपाल बारा जिल्ला उपाध्यक्ष साबिर आलम,लाएन उमेश गुप्ता,पंडित सचितानंद दुबे लगायतकाले शुभ कामना दिएका थिए भने प्रेस मंच बाराका अध्यक्ष एवं टेलिभिजन बारा प्रतिनिधि अनिल बर्मा ले सहजिकरन गरेका थिए।


SHARE