क्रान्तिकारीको ठाकुरराम इकाई अध्यक्षमा सन्दिप विक्रम साह

453

वीरगंज, वैशाख २६ – माओवादी केन्द्रको भातृ विद्यार्थी संगठन अखिल क्रान्तिकारी ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटिको छैठो अधिवेशन आज समपन्न भएको छ ।

क्रान्तिकारीका विद्यार्थी नेता सन्दिप विक्रम साहको अध्यक्षता तथा केन्द्रिय सदस्य जुवेर आलमको प्रमुख आतिथ्यमा सम्पन्न आजको इकाई कमिटिको अधिवेशनले सन्दिप विक्रम साहको अध्यक्षतामा ३१ सदसिय कार्यसमिति गठन गरेको छ ।

वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको सभा कक्षमा सम्पन्न अधिवेशनमा साहको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा आक्रम अन्सारी, सचिवमा प्रविन यादव, सह सचिवमा दिलिप कुमार सह, कोषध्यक्षमा संजय साह कानु, सदस्यहरुमा रविन्द्र रौनियार, आलोक यादव, अभिषेक यादव, जगत सहनी लगयात ३१ सदस्य रहेका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला संयोजक विजय महतो, केन्द्रिय सदस्य सन्तोष राज घिमि, सकिना बस्नेत, सम्झना तिवारी, पूर्व जिल्ला सम्योजक सुनिल रौनियार, सन्दिप पटेल्, कबिराज पटेल लगयत अन्य विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।