दुई दिने तिस्रो भारतीय शिक्षा मेला वीरगंजमा

139

वीरगंज बैशाख । २६ । नेसेन्ट एजुकेशन फाउण्डेसनले वीरगंजमा गर्ने गैरहेको दुई दिने तिस्रो भारतीय शिक्षा मेला २०१८को तैयारी पुरा भएको जनाएको छ । नेसेन्टका प्रबन्द निर्देशक रंजित पंडितका अनुसार भोली बैशाख २७ र २८ गते हुने दुई दिने शैक्षिक मेलाले भारतमा शिक्षा ग्रहण गर्ने ईच्क्षा भएको बिध्यार्थीहरुका लागि एकै ठाँउमा धेरै क्लेजको डाईरेक्टर तथा चेयरमैन आउने भएकोले निकै उपल्बधी मुलक हुने बताउनु भयो । बाहिर गएर क्लेजको पढाई गर्ने बिषयमा बुझन मात्र जादा धेरै पैसा तथा समय लाग्ने भएकोले वीरगजमै आएका क्लेजका प्रतिनिधि संग जिज्ञास अभिभावकहरुले पनि राख्न सक्ने बताउनु भयो । यसो गर्दा फिजुल खर्च र समय बच्ने वहाको तर्क छ । साथै, मेलामा भारतको नाम चलेको युनिभरसिटी सारदा, उतराणचल, गलगोठिया, जैन तथा अरु बिभिन्न प्रान्तमा रहेको कलेजको प्रतिनिधिहरुले सेवा प्रदान गर्ने भएकोले बिध्यार्थी तथा अभिभावकहरुलाई इण्ट्रीको पैसा नपर्ने भएकोले निमन्त्रणा पनि गर्नु भयो । बहाले मनोरंजनका लागि भनेर पहिलो भिजिट गर्ने दुई सय बिध्यार्थीहरुलाई चलचित्रको टिकट र रिचार्ज कार्डको व्यवस्था गरिएको बताउनु भयो । नेसेन्ट एजुकेशन फाउण्डेसनले भोली र पर्सी दुई दिन वीरगंजको होटल भिस्वामा बिहान १० बजे देखि साँझ ५ बजे सम्म शैक्षीक मेला कार्यक्रमको आयोजना गरेको छ ।


SHARE