केटि जिस्काएको आरोपमा वीरगंजबाट तिन पक्राउ

1061

वीरगंज, वैशाख २७ – वीरगंजमा महिला तथा छात्राहरुलाई जिस्काउने र दुर्वायाहार गर्नेलाई पक्राउ गरि कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्साले अभियान संचालन गरेको छ ।

सोहि अभियान अन्तर्गत बिहिबार वडा प्रहरी कार्यालय श्रीपुरले महिला जिस्काएको आरोपमा ३ व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नं. २० निवासी २२ वर्षीय कुन्दन कुशवाह, १८ वरिक्षिय मासुम मन्सुर र वडा नं. २४ निवासी २८ वर्षीय मन्जेश यादव रहेका छन् ।

प्रहरीले तिननै जनालाई वीरगंज महनगरपालिका वडा नं. २५ स्थित द्वावार देवी माध्यमिक विद्यालयमा पढ्ने छात्राहरुलाई जिस्काउने आरोपमा पक्राउ गरेको हो । प्रहरीले त्यो क्षेत्रबाट छात्राहरुलाई जिस्काउने र दुर्व्यवहार गरेको गुनासो आएक पछि प्रहरीले विषय अभियान संचालन गरेर उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्याप र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । तिनवटै अभियुक्तहरुलाई पक्राउ गरि कारवाहीको प्रक्रिया अगाडि बढाईएको वडा प्रहरी श्रीपुरका प्रहरी निरिक्षक कुमार मैनालीले जानकारी दिए । मैनालीले वीरगंजको कुनै पनि स्थानमा छात्रा तथा महिलाहरुलाई जिस्काउने घटना भए प्रहरीले तुरन्तै त्यस्ता व्यक्तिहरुलाइ पक्राउ गरि कारवाही गर्ने बताए ।


SHARE